एनआरएनएको दशौँ महाधिवेशन काठमाडौँमा सुरु
शनिबार, १२ चैत २०७८, १२ : २१
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनको उद्घाटन संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे ।
सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा.उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्। दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्। संघको नेतृत्वको लागि भएको विवाद अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ। आजै संघको विश्व सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण