एनआरएनएको दशौँ महाधिवेशन काठमाडौँमा सुरु
शनिबार, १२ चैत २०७८, १२ : २१
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनको उद्घाटन संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे ।
सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा.उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्। दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्। संघको नेतृत्वको लागि भएको विवाद अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ। आजै संघको विश्व सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र वेस्ट इन्डिजबिच तेस्रो खेल आज, शृङ्खला १–१ को बराबरीमा
-
कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा
-
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर