शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकद्वारा हेमोडायलाइसिस मेसिन खरिद गर्न ५० लाख सहयोग

आइतबार, १३ चैत २०७८, ११ : ५२
आइतबार, १३ चैत २०७८

सिद्धार्थ बैंक लिमिटेडले कोशी अस्पताललाई हेमोडायलाइसिस मेसिनहरु प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेण्ट डा. यज्ञराज खरेलले हस्ताक्षर गरेका छन् । 
सम्झौताअनुसार बैंकले मेसिनका लागि रु. ५० लाख बराबरको सहयोग गर्नेछ । 

कोशी अस्पतालले उक्त हेमोडायलाइसिस मेसिन अस्पतालमा आउने विरामीहरुको उपचारको लागि प्रयोग गर्नेछ । सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसिस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप