कर्णालीमा रिक्त ८६७ जनशक्तिको पदपूर्ति हुन्छ : सचिव थापा
प्रदेश लोकसेवा आयोग सुर्खेतका सचिव भुपेन्द्र थापाले कर्णालीका मन्त्रालय,७९ वटै स्थानीय तह तथा विषयगत कार्यालय गरी करिब आठ सयभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त रहेको बताएका छन् । उनले दरबन्दी रिक्त हुँदा नियमित सेवा प्रवाहदेखि विकास निर्माणका काम समेत प्रभावित हुँदै आएको बताए ।
दक्ष र प्राविधिक जनशक्ति अभावकै कारण कर्णालीको विकास खर्च लक्ष्यअनुसार नभएको र विकास निर्माणदेखि दैनिक सेवा प्रवाह प्रभावित भएको गुनासो आइरहेको छ । जस कारण लोकसेवा आयोग कर्णाली प्रदेशले ठूलो संख्यामा कर्मचारी भर्ना खोलेको छ ।
प्रदेशको पुँजीगत खर्च बढाउन,सेवा प्रवाहलाई सहज र छिटो छरितो गर्न आगामी असोजभित्र रिक्त रहेको ८ ६७ जना दक्ष जनशक्ति पदपूर्ति गर्ने लक्ष्यअनुसार काम भइरहेको लोक सेवा आयोग कर्णाली प्रदेशका सचिव भूपेन्द्र थापाले बताए ।
केहि महिनाअघि प्रदेश लोक सेवा आयोग कर्णालीले सातवटै प्रदेशमध्ये बढी संख्यामा मागअनुसार सहायक चौथोमा ३८५ जना, सहायक पाँचौँमा ८७८ जना र सहायक विभिन्न पदमा ४२ जनाको एकसाथ विज्ञापन गरेको छ । आगामी असोजसम्म सबै प्रक्रिया पूरा गरी कर्मचारी सम्बन्धित कार्यालयमा खटाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
-
सामान्य प्रशासन मन्त्रालयले सोध्यो सहसचिव नरेन्द्र कुमार रानालाई १५ दिने स्पष्टीकरण
-
शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि लामिछाने
-
मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
-
राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण
-
एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण