काँग्रेसका अधिकांश केन्द्रीय सदस्य चुनावी तालमेलको पक्षमा

नेपाली काँग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका छन् । काँग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले अन्य दलहरूसँग चुनावी तालमेल, गठबन्धन तथा सहकार्य गरेर अधि बढ्नुपर्ने धारणा राखेका हुन् ।
यसबारे काँग्रेसले भोलिको केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ । बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले अहिलेको गठबन्धन अनुसार नै तालमेल गरेर अघि बढ्दा राम्रो हुने सुझाव दिएका हुन् ।
त्यसका लागि कहाँ कहाँ पार्टीको वस्तुस्थिति कस्तो छ ? लगायतका विषयमा अध्ययन गरेर कस्तो खालको तालमेल गर्ने हो ? त्यो विषयमा केन्द्रले सैद्धान्तिक निर्णय गर्नुपर्ने उनीहरूको धारणा थियो ।
'अधिकांश सदस्यले तालमेल, गठबन्धन, सहकार्य गरेर जानुपर्ने सुझाव आयो । त्यसमा कुन ठाउँमा पार्टीको कस्तो खाले वस्तुस्थिति छ रु त्यसका आधारमा कहाँ तालमेल गर्ने कहाँ नगर्ने भन्ने विषयमा केन्द्रले एउटा सैद्धान्तिक निर्णय गर्नुपर्छ । सोही आधारमा भोलि प्रस्ताव तयार भएर निर्णय हुन्छ,' काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने ।
अहिलेको गठबन्धन अनुसार चुनावी तालमेल गरेर अघि बढेको खण्डमा आउने संसदीय निर्वाचनमा समेत पार्टीले जित्ने परिस्थिति निर्माण हुने उनीहरूको भनाइ थियो । केही सदस्यहरूले भने एक्लै चुनावमा गएर पार्टीलाई परीक्षणमा राख्नुपर्ने समेत सुझाव दिए । 'कतिपय साथीहरूको मत गठबन्धन नगरिकन, तालमेल नगरिकन, एक्लै चुनावमा गएर पार्टीलाई परीक्षणमा राख्नुपर्छ भन्ने सुझाव आयो,' प्रवक्ता डा. महतले भने ।
बैठकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेल लगायतका नेताहरू चुनावी तालमेलको पक्षमा उभिएका छन् । त्यस्तै सभापति शेरबहादुर देउवा पनि गठबन्धन गरेरै चुनावमा जानुपर्ने पक्षमा छन् । उनले २०७४ सालको निर्वाचनमा एक्लै लड्दा थोरै सिटमा जितेको स्मरण गराउँदै गठबन्धन गरेरै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । महामन्त्री शर्माले भने अवस्था हेरेर तालमेल गर्नुपर्ने बताए ।
त्यस्तै नेता पौडेलले पनि स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखे । गठबन्धन नगरी गएमा एमालेलाई फाइदा पुग्ने बताए । एमालेलाई थप बलियो बनाउने कार्य कांग्रेसले गर्न नहुने भन्दै उनले भने, 'बरु प्रचण्ड माधव नेपाललाई अलिअलि मत थप्ने कामका सहयोग गरौं । तर, ओलीलाई थप बलियो बनाउने काम नगरौं ।'
बैठकमा अर्का महामन्त्री गगन थापाले भने तालमेल नगरी कांग्रेस एक्लै लड्नुपर्ने धारणा राखे । उनको धारणामा काँग्रेस नेता डा. शेखर कोइरालाले पनि साथ दिएका छन् । देशभर लाखौं नयाँ मतदाता थपिएको भन्दै उनीहरूलाई पहिलो पटक नै रूखमा भोट हाल्न लगाउनुपर्ने बताए । अहिले रुखमा भोट हाल्न नलगाए भविष्यमा रुखमै भोट हाल्छन भन्ने ग्यारेन्टी नहुने उनको भनाइ थियो ।
त्यस्तै नेता डा. कोइरालाले पनि गठबन्धनभन्दा पनि पार्टी एकतामा ध्यान दिनुपर्नेमा जोड दिए । गठबन्धनको विषयमा केन्द्रबाट नभई स्थानीय तहबाटै स्वविवेकीय अधिकार प्रयोग गर्नु दिनुपर्ने उनको भनाई थियो । यो विषयमा भोलि बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकले निर्णय गर्नेछ । न्युजकारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशील विश्वकर्माले एकसाथ ल्याए पछ्यौरीको छेउ र भुतुक्क
-
दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै (तस्बिरहरू)
-
‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार
-
पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?
-
फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै