राष्ट्रिय मान्यता नपाएका कति दलले कुन जिल्लामा निवेदन दिए (सूचीसहित)

निर्वाचन आयोगले जिल्लामा सङ्गठन संरचना रहेको विवरण प्राप्त भएका दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गर्नेगरी मतपत्र तयार गर्न लागेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरी जिल्लागत सङ्गठन संरचनाका आधारमा जिल्लागत तहमा दलको चिह्न प्रदान गर्नेगरी मतपत्र तयार गर्न लागेको जनाएको हो ।
राष्ट्रिय मान्यता प्राप्त नगरेका दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । राष्ट्रिय मान्यता प्राप्त छ सहित ७३ राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराएका थिए । राष्ट्रिय मान्यता प्राप्त बाहेकका दललाई आआफ्नो दलको निर्वाचनमा चुनाव चिह्नमा निर्वाचनमा भाग लिने भए जिल्लागत क्रियाशील सङ्गठन संरचना बुझाउन समयसीमा तोकेर निर्देशन दिएको थियो ।
यसअघि राष्ट्रिय मान्यता दलबाहेक अन्य दललाई स्वतन्त्र समूहबाट चुनाव चिह्न प्रदान गर्ने अभ्यास थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?