विवेकशील साझाको पार्टी कार्यालयमा दुई समूहबीच तनाव
आन्तरिक विवादमा फसेको विवेकशील साझाको पार्टी कार्यालयमा दुई समूहबीच तनाव भएको छ । निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेपछि संस्थापन पक्षले अवरोध गरेको हो ।
बखुन्डोलस्थित विवेकशील साझाको पार्टी कार्यालयमा भेला भएका असन्तुष्ट समूहले रवीन्द्र मिश्रविरुद्ध पत्रकार सम्मेलन गर्दैछन् । उनीहरुले मिश्रलाई कारबाहीको घोषणा गर्ने तयारी गरेका छन् ।
असन्तुष्ट समूहले मिश्रले एकपक्षीय रुपमा पार्टीलाई अघि बढाउन खोजेको बताउँदै पछिल्लो दिन समानान्तर भेलालाई तिव्रता दिएको छ । यो क्रममा आफ्नो पक्षमा बहुमत रहेको असन्तुष्ट समूहको दाबी छ ।
यही दाबीका बीच पार्टी कार्यालयको पत्रकार सम्मेलन हलमा असन्तुष्ट समूहलाई प्रवेश नदिइएपछि तनाव भएको हो । संस्थापनले हलमा ताला लगाइदिएको छ भने त्यसपछि कार्यालय परिसरमा होहल्ला भएको छ । अहिले पार्टी कार्यालय परिसरमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको छ ।
यता मिश्र पक्षले पनि आजै पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेको छ । मिश्रले विचारभन्दा माथि देशको एजेण्डा पार्टीमा लागू गराउँदै एकपक्षीय रुपमा अघि बढेपछि विवेकशीलमा विवाद देखिएको हो । पछिल्लो समय मिश्रले राप्रपासँग एकता गर्ने तयारी गरेपछि विवाद थप चर्किँदै गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण