आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विवेकशील साझाको पार्टी कार्यालयमा दुई समूहबीच तनाव

मङ्गलबार, १५ चैत २०७८, १२ : ०३
मङ्गलबार, १५ चैत २०७८

आन्तरिक विवादमा फसेको विवेकशील साझाको पार्टी कार्यालयमा दुई समूहबीच तनाव भएको छ । निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेपछि संस्थापन पक्षले अवरोध गरेको हो । 

बखुन्डोलस्थित विवेकशील साझाको पार्टी कार्यालयमा भेला भएका असन्तुष्ट समूहले रवीन्द्र मिश्रविरुद्ध पत्रकार सम्मेलन गर्दैछन् । उनीहरुले मिश्रलाई कारबाहीको घोषणा गर्ने तयारी गरेका छन् । 

असन्तुष्ट समूहले मिश्रले एकपक्षीय रुपमा पार्टीलाई अघि बढाउन खोजेको बताउँदै पछिल्लो दिन समानान्तर भेलालाई तिव्रता दिएको छ । यो क्रममा आफ्नो पक्षमा बहुमत रहेको असन्तुष्ट समूहको दाबी छ । 

यही दाबीका बीच पार्टी कार्यालयको पत्रकार सम्मेलन हलमा असन्तुष्ट समूहलाई प्रवेश नदिइएपछि तनाव भएको हो । संस्थापनले हलमा ताला लगाइदिएको छ भने त्यसपछि कार्यालय परिसरमा होहल्ला भएको छ । अहिले पार्टी कार्यालय परिसरमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको छ । 

यता मिश्र पक्षले पनि आजै पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेको छ । मिश्रले विचारभन्दा माथि देशको एजेण्डा पार्टीमा लागू गराउँदै एकपक्षीय रुपमा अघि बढेपछि विवेकशीलमा विवाद देखिएको हो । पछिल्लो समय मिश्रले राप्रपासँग एकता गर्ने तयारी गरेपछि विवाद थप चर्किँदै गएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप