विवेकशील साझाको कार्यालयमा असन्तुष्टलाई अवरोध, एकअर्काविरुद्ध नाराबाजी (तस्बिरहरु)
विवेकशील साझा पार्टीको कार्यालय बखुण्डोलमा असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरेपछि रवीन्द्र मिश्र पक्षले अवरोध गरेको छ । कार्यालय परिसरमा पत्रकार सम्मेलन सुरु हुदै गर्दा मिश्र पक्षले नाराबाजीसहित अवरोध गरेको हो । त्यसक्रममा तैनाथ सुरक्षाकर्मीले सो पार्टीका नेता कार्यकर्तालाई बाहिर निकालेको छ । मिश्र पक्षले गुटको भेला गर्न पाइँदैन भन्दै चर्को नाराबाजी गरेको थियो भने सो क्रममा असन्तुष्ट पक्षले पनि संस्थापनविरुद्ध नाराबाजी गरेको थियो ।
सो पार्टीका निर्देश सिलवाल नेतृत्वको समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो समुहले रवीन्द्र मिश्रविरुद्ध पत्रकार सम्मेलन गर्न लागेको भन्दै मिश्र पक्षले पत्रकार सम्मेलनमा अवरोध गरेको हो ।
यसैबीच मिश्र समुहका नेता तथा प्रवक्ता शरदराज पाठकले पार्टीका केही अराजक तत्वहरुले मुठभेट निम्त्याएको बताएका छन् । ‘उहाँहरुले केही दिन अघि पनि अध्यक्षविरुद्ध विभिन्न षडयन्त्र गर्नुभएको थियो, आज पनि त्यसैलाई निरन्तरता दिने प्रयास भयो’, उनले भने बाहिरका मानिसहरु ल्याएर तर्साउने र धम्क्याउने प्रयास भयो ।’
उनले असन्तुष्टि र मतभेद रहे कानूनी प्रक्रियाबाट समाधान गर्न सकिने बताएका छन् । उनले विवेकशील पार्टी बैकल्पिक शक्ति रहेको भन्दै यसबाट यस्ता क्रियाकलापबाट विचलित नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, दिनभरको मौसम कस्तो रहला ?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो