तेह्रथुममा पाँच दलीय चुनावी गठबन्धन हुने
मङ्गलबार, १५ चैत २०७८, १७ : ३३
आसन्न स्थानीय तहको निर्वाचनमा तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन हुने भएको छ ।
जिल्लाका पाँच पार्टी आबद्ध रहेको गठबन्धनका नेताहरुले मंगलबार विज्ञप्ति जारी चुनावी गठबन्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।
काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले जिल्लाका सबै स्थानीय तह निर्वाचनमा सहकार्य भएका हुन् ।
निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमतिपछि गोविन्द ढुंगानाको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।
०७४ को निर्वाचनमा ६ स्थानीय तहमध्ये ५ वटामा एमालेले जितेको थियो । एमालेको पकड भएको अधिकांश स्थानमा गठबन्धन आबद्ध दलको साझा उम्मेदवारी खडा गर्न जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण