युक्रेनका केही क्षेत्रमा हमला कटौती गर्ने रुसको घोषणा

रुसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले आफ्ना फौजले किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन तयार रहेको बताएका छन् । रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता भएको बताइरहेका बेला उपरक्षामन्त्री फोमिनको भनाई आएको हो ।
‘आजको अर्थपूर्ण छलफलपछि हामी सहमत भएका छौँ र समाधानको प्रस्ताव राखेका छौँ । जसअनुसार सन्धि सुरु गर्दै राष्ट्र प्रमुखहरूको बैठक विदेशमन्त्रीहरूसँग एकैसाथ गर्न सम्भव छ’, मेदिन्स्कीले भने । प्रमुख रुसी वार्ताकारले अगाडि थपे, ‘शान्तिको सम्भावना धेरै नजिक हुनेछ ।’ युक्रेनी पक्षले ‘अन्तर्राष्ट्रिय सुरक्षा ग्यारेन्टीअन्तर्गत स्थायी रूपमा तटस्थ राज्य’ बन्न तयार रहेको लिखित प्रस्ताव पेस गरेको उनले बताए ।
रुसी वार्ताकारले युक्रेनका अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच अन्तिम सम्झौतामा हस्ताक्षर गर्न चाहेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
-
विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप
-
राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा
-
शेखरले फेरि भने – सरकार सञ्चालनका लागि दुई दलीय संयन्त्र आवश्यक छैन
-
सरकार, किसानको हात समाउने कि दलालको ?
-
खातावालाको नाम बदली सरकारी रकम खाएको आरोप लागेका तीन जनाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन