भदौ ३१ मा तीन नेपाली फिल्म भिड्ने
कोरोनाले थलिएको फिल्म क्षेत्र विस्तारै तङ्ग्रिने अवस्थामा छ । कोरोनाका कारण रिलिज हुन नसकेका फिल्मले अहिले धमाधम रिलिज मिति तोक्न थालेका छन् ।
अंग्रेजी र हिन्दीसँग प्रतिस्पर्धा त छँदैछ । नेपाली निर्माताले एकअर्का फिल्मसँग जुधाउन थालेका छन् । जसको उदाहरण भदौ ३१ लाई हेर्न सकिन्छ । यो मितिमा तीन फिल्मको रिलिज घोषणा भएको छ ।
अहिलेसम्म यो मितिमा ‘बाबरी’, ‘लाखे’ र ‘झिँगे दाऊ’ले प्रदर्शन मिति घोषणा गरेका छन् । ‘बाबरी’ र ‘लाखे’ले केही पहिले यो मिति प्रदर्शन मितिका रुपमा सार्वजनिक गरेका थिए, भने ‘झिँगे दाउ’ले भर्खर रिलिज घोषणा गरेको हो ।
‘बाबरी’ धिरज मगर र अदीति बुढाथोकीको मुख्य भुमिका रहेको फिल्म हो । फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन रहेको छ ।
त्यस्तै ‘लाखे’ मल्टिस्टारर फिल्म हो । सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी आदि कलाकारको अभिनय रहेको फिल्म सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।
यस्तै ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाऊ’ मा आँचल शर्मा र केकी अधिकारीको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण