लमजुङमा महिला मतदाता बढी
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक लाख ३१ हजार ४९४ मतदाताले भोट हाल्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये ६४ हजार ४१ पुरुष र ६७ हजार ४५३ महिला मतदाता रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये क्व्होलोसोथार गाउँपालिकामा नौ हजार २९, दूधपोखरीमा आठ हजार ८८८, दोर्दी गाउँपालिकामा १५ हजार ८४, बेँसीशहर नगरपालिकामा २६ हजार २०७ जना मतदाता छन् ।
मध्यनेपाल नगरपालिकामा २० हजार ९२, मस्र्याङ्दी गाउँपालिकामा १५ हजार १४०, राइनास नगरपालिकामा १५ हजार ९८९ र सुन्दरबजार नगरपालिकामा २० हजार ७९६ जना मतदाता छन् । जिल्लामा १२३ मतदानस्थल र १८२ मतदात केन्द्र छन् ।
निर्वाचन कार्यालयले लमजुङका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले लमजुङको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश शिवप्रसाद खनाललाई तोकेको छ ।
जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख निर्वाचन अधिकृत सिर्जना मिश्रका अनुसार विसं २०७४ वैशाख ३१ गते भएको निर्वाचनमा जिल्लामा कूल एक लाख ५ हजार ९९२ मतदाता थिए । विसं २०७७ पुस ५ गते प्रकाशित नामावली एक लाख २२ हजार ८०६ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण