आज उपत्यकामा घोडेजात्रा मनाइँदै
काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइँदैछ । टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ । चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास रहेको छ । नेपाली सेनाले अश्वकला, अश्व दौडलगायत प्रदर्शनी गरेर सैनिक मञ्च टुँडिखेलमा जात्रा मनाउने परम्परा छ । उपत्यकामा घोडेजात्रा मनाउने परम्परा पनि मध्यकालदेखि नै प्रारम्भ भएको मानिन्छ ।
पहिले नयाँ वर्षलाई मनोरञ्जनात्मक बनाउनको लागि घोडेजात्रा पर्व मनाइन्थ्यो भन्ने कथन समेत रही आएको छ । हाल आएर हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा मनाउने गरिएको छ । जनविश्वासमा आधारित यस परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न नेपाली सेनाले घोडेजात्राको दिन नेपाल क्याभ्लरीको कमाण्डिङ अफिसरको नेतृत्वमा घोडाघोडीबाट कौशलपुर्ण एवं रोमाञ्चक कला प्रदर्शन गर्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक सुरु
-
त्रिविवि र यसको सुधारका सम्बन्धमा
-
तरकारी बजार : यस्तो छ आजको मूल्यसूची (सूचीसहित)
-
बिहारका पूर्वउपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन
-
भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग
-
दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख, दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक