फ्राइडे रिलिज : देशभर ‘हेल्लो जिन्दगी’
फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ । फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो । यद्यपि, देशभरका चलचित्र घर भने फिल्मले पाएको छैन । अघिल्ला साताहरुमा प्रदर्शनमा आएका बलिउड फिल्म ‘आरआरआर’ लगायत फिल्मले पनि अझै केही चलचित्र घर ओगटेका छन् ।
फिल्म ‘हेल्लो जिन्दगी’ महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्को सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको निर्देशन एभरेष्ट सुर्य बोरोराले निर्देशन गरेका हुन् ।
युके र नेपालमा खिचिएको फिल्मका निर्माता बिक्रम डि जोशी हुन् । उनलाई निर्माणमा हिराल जोशी र बिक्रम डि जोशी सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मात्रीमा सबिता गुरुङ रहेकी छन् ।
बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई, एभरेष्ट सूर्य बोहरा, बिक्रान्त बस्नेत, सबिता गुरुङ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त र सनमकुमार बैराग लगायतको अभिनय फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण