अमेरिकी अधिकारीलाई चिनियाँ भिसामा प्रतिबन्ध
चीनले केही अमेरिकी अधिकारीमाथि भिसा (प्रवेषाज्ञा)मा प्रतिबन्ध लगाउने भएको छ । मानवअधिकार उल्लंघन गरेको आरोपमा वासिङ्टनले यसै महिना चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्धको जवाफस्वरुप चीनको यस्तो कदम आएको हो ।
‘चिनियाँ पक्षले केही अमेरिकी अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । उनीहरुले मानव अधिकारको विषयमा अफवाह फैलाएको र चीनविरुद्ध प्रतिबन्ध लगाउनुका साथै चीनको स्वार्थमा क्षति पुर्याएका छन्,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार बताए ।
अमेरिकाले मानवअधिकारको विषयलाई गलत रुपमा व्याख्या गरेको र यो चीनको आन्तरिक मामिला भएको दाबी उनले गरे । ‘अमेरिकाले बेइजिङलाई अपजसमा पार्नका लागि गरेको बयानबाजी हो यो,’ उनले भने, ‘यस किसिमको कदम अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तको गम्भीर उल्लंघन हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण