अमेरिकी अधिकारीलाई चिनियाँ भिसामा प्रतिबन्ध

चीनले केही अमेरिकी अधिकारीमाथि भिसा (प्रवेषाज्ञा)मा प्रतिबन्ध लगाउने भएको छ । मानवअधिकार उल्लंघन गरेको आरोपमा वासिङ्टनले यसै महिना चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्धको जवाफस्वरुप चीनको यस्तो कदम आएको हो ।
‘चिनियाँ पक्षले केही अमेरिकी अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । उनीहरुले मानव अधिकारको विषयमा अफवाह फैलाएको र चीनविरुद्ध प्रतिबन्ध लगाउनुका साथै चीनको स्वार्थमा क्षति पुर्याएका छन्,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार बताए ।
अमेरिकाले मानवअधिकारको विषयलाई गलत रुपमा व्याख्या गरेको र यो चीनको आन्तरिक मामिला भएको दाबी उनले गरे । ‘अमेरिकाले बेइजिङलाई अपजसमा पार्नका लागि गरेको बयानबाजी हो यो,’ उनले भने, ‘यस किसिमको कदम अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तको गम्भीर उल्लंघन हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने
-
बीसीसीआईले कोची टस्कर्सलाई ५३८ करोड भारु क्षतिपूर्ति तिर्नुपर्ने
-
कृषाको ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेलले अभिनय गर्ने
-
सभामुखले गरे प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल
-
अमेरिकामा ६० खेलपछि कस्तो छ मेस्सी र पेलेको कीर्तिमान ?
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले