शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

शहीद स्मारक ‘बी’ डिभिजन : मध्यपुर र भगवती क्लबबीचको खेल बराबरी

आइतबार, २० चैत २०७८, १४ : ३९
आइतबार, २० चैत २०७८

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)  कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् ।

बराबरी खेलसँगै मध्यपुरले ११ खेलमा १४ अङ्क जोडेको छ भने  समान खेल खेलेको भगवतीले  १५ अङ्क जोडेको छ । लिगमा विभिन्न १४ क्लबको सहभागिता रहेकामा  शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली  रेलिगेशनमा पर्दै ‘सी’ डिभिजनमा झर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप