जनकपुरधाममा साहित्य महोत्सव हुने
जनकपुरधाममा यही चैत २३ गतेबाट तीन दिनसम्म “जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८” हुने भएको छ । मैथिली विकास कोषको आयोजनामा हुन लागेको जनकपुरधाम साहित्य महोत्सवमा नेपाल तथा भारतका विद्वान र कलाकारहरु सहभागि हुने भएको आयोजकले जनाएको छ ।
आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै मैथिली विकास कोषले सो महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानशीपको प्रदर्शनका साथै संगित क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने जनाएका छन् ।
महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारहरुले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गरिने कार्यक्रम समेत रहेको कोषको अध्यक्ष जीवनाथ चौधरीले बताए ।
महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक झाँकी सहितको शोभा यात्रा, रंगारंगारंग कार्यक्रम, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाट्य प्रदर्शन, गरमागरम संवाद, सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी तथा विद्यालय स्तरीय वक्‍तृत्व कला प्रतियोगिताको आयोजना गरिने कार्यक्रम रहेको उनले बताए ।
यस अघि कोषले २०७३ सालमा पहिलो महोत्सव तथा २०७५ सालमा दोश्रो महोत्सव सफलता पूर्वक सम्पन्न गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण