लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ : अध्यक्ष नेपाल
सोमबार, २१ चैत २०७८, १४ : २५
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले विगत सरकारले प्रतिगमन निम्त्याएको र अहङ्कारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाए ।
‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा (एकीकृत समाजवादी) नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरे । उनले युक्रेन र रुसको समस्या जटिल भएकाले यसको समाधान बहस र छलफलबाट टुङ्गो लगाउनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण