मिलानले अग्रता बढाउने अवसर गुमायो
मङ्गलबार, २२ चैत २०७८, ०८ : ०९
बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएसँगै एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको छ । अन्तर्राष्ट्रिय विश्राम अघि लगातार तीन खेलमा १-० को जित हात पार्दै शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको मिलानले सोमबार भने जित यात्रनालाई निरन्तरता दिन सकेन ।
लिगमा सात चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको नेपोली र तेस्रो स्थानको इन्टर मिलान शीर्ष स्थानको एसी मिलानभन्दा मात्र एक अंकले पछि छन् । मिलानसँगको अंक दुरी कम गर्ने क्रममा आइतबार नेपोलीले एट्लान्टालाई ३-१ ले पराजित गरेको थियो भने इन्टरले युभेन्टसलाई १-० ले हराएको थियो ।
१६औं मिनेटमा राफेल लियोले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा मिलान निराश बनेको थियो । मिलानको ३१ खेलबाट ६७ अंक रहेको छ भने दोस्रो र तेस्रो स्थानको नेपोलीको समान ६७ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण