मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

फ्लोरमा फिल्म ‘स्टुडेन्ट’

मङ्गलबार, २२ चैत २०७८, १३ : ५५
मङ्गलबार, २२ चैत २०७८

राजेश महर्जनको निर्माण रहेको फिल्म ‘स्टुडेन्ट’ को छायांकन सुरु भएको छ । सोमबार म्याग्दिको बेनिमाबाट फिल्मको छायांकन सुरु भएको हो । बेनिमा ‘बाँंझो खेतमा छड्के सलाम’ बोलको गीत छायांकन गर्दै फिल्म सुरु गरिएको निर्माण युनिटले जनाएको छ ।

‘माईली’ फिल्मको ‘बाँंझो खेतमा छड्के सलाम’ चर्चित गीत रिमेक गरेर फिल्ममा आवद्ध गरिएको छ । शम्भुजित बास्कोटाकै संगीत, प्रेम राजा महत र कोमल वलीकै स्वर गीतमा छ । गीतमा कोरियोग्राफी कमल राईले गरेका छन् ।

लामो समयदेखि नेपाली फिल्ममा प्राविधिकको रुपमा कार्यरत र हाल सेन्सर बोर्ड सदस्य समेत रहेका राजेश महर्जनको निर्माणमा यो डेब्यु फिल्म हो । फिल्मका निर्देशक राम कृष्ण बजगाईं हुन् ।

राज सिने आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्ममा रसु महर्जन, सिम्रन शाक्य, धिरेन शाक्य लगायतको मुख्य भुमिका रहनेछ । बिद्यार्थी जीवनमा घटेका विभिन्न घटना र बिद्यार्थीहरुको  कुलतका बिषयमा फिल्मले कथा बनाएको निर्देशक निर्देशक रामकृष्ण बजागाइले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप