शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्लू स्टारसँग पराजित हुँदै मच्छिन्द्र बाहिरियो (तस्बिरहरु हेर्नुहोस्)

मङ्गलबार, २२ चैत २०७८, १९ : २२
मङ्गलबार, २२ चैत २०७८

नेपालको ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत श्रीलंकन क्लब ब्लू स्टारसँग पराजित भएको छ । मंगलबार भएको खेलमा मच्छिन्द्र श्रीलंकलन क्लब ब्लू स्टारसँग २–१ गोल अन्तरले पराजित भएको हो ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २४औं मिनेटमा मोहमद हसनले गोल गर्दै ब्लू स्टारलाई अग्रता दिलाए । मच्छिन्द्रका विशाल राईले फउल गरेपछि हसनले पाएको फ्रिकिलाई विट गर्दै गोल गरेका थिए । २८औं मिनेटमा ब्लू स्टारले आफ्नो अग्रता दोब्बर पार्यो । ब्लू स्टारका सहनेल सन्देशले रन्जितले बल किरियर गर्न नसकेको फाइदा उठाउँदै गोल गरे ।

खेलको इन्ज्यूरी समायमा नेपालका सुजल श्रेष्ठले गोल गर्दा मच्छिन्द्र २–१ गोलको स्थितिमा रह्यो । त्यपछि अन्य गोल नहुँदा ब्लू स्टारले २–१ गोलको जित निकाल्यो । यसअघि खेलको नवौं मिनेटमा मच्छिन्द्रले अग्रता लिनबाट चुकेको थियो । मच्छिन्द्रका विमलघर्ती मगरले बाँयातर्फबाट गरको प्रहार आउट भएको थियो ।

ब्लू स्टारले खेलको १५औं मिनेटमा पेनाल्टी पाएको थियो । तर, ब्लू स्टारका आर्पिदले म्बेबेले प्रहार गरेको पेनाल्टी किक मच्छिन्द्रका गोल रक्षक विशाल श्रेष्ठले बचाए । ६७ औं मिनेटमा नेपालले गोल गर्ने अवसर गुमायो । अभिषेक रिजालले प्रहार गरेको बल विमलले पोष्टमा हान्दा बारमा ठोक्किएर आएको थियो । त्यसपछि छिरिङले गरेको प्रहार ब्लू स्टारका कप्तान थरिन्दु इरेन्जाले किरियर गरेका थिए । ७६ औं मिनेटमा मच्छिन्द्रका रन्जित धिमालले बाँयातर्फको डिबक्स नजिकै प्रहार गरेको बललाई सुजल श्रेष्ठले हेड गर्दा बल गोलमा परिणत हुन सकेन ।

मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेलेको हो । एएफसीको लाइसेन्स नभएर अघिल्लो पटक मच्छिन्द्रले एएफसी कप छनोट खेल्न पाएको थिएन । जित निकालेको ब्लू स्टारले अब दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । उक्त खेल अप्रिल १२ मा हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप