नेपाललाई समृद्ध राष्ट्र बनाउन एकतावद्ध हौं : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विविध संस्कृति र भाषाभाषी मिलेर बनेको नेपाललाई समृद्ध राष्ट्र बनाउन एकताबद्ध प्रयास गर्न आवश्यक रहेको बताएका छन् । बुधबार जनकपुरधाममा जनकपुर साहित्य, कला तथा नाट्य महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले मैथिली भाषा तथा संस्कृतिको इतिहास ५ हजार वर्ष पुरानो भएकाले यसको विकासका लागि साहित्य महोत्सव महत्वपूर्ण रहेको बताए ।
उनले अधिकारको प्राप्तिका लागि घृणा नभई सद्भाव एवं सहकार्यको आवश्यकता भएको बताए । उनले आफू प्रधानमन्त्री भएको बेलामा नै विद्यापति कोषको स्थापना गरेको बताउँदै मुलुकको विविधतालाई सही किसिमले व्यवस्थापन गर्न आवश्यक रहेकोमा जोड दिए । उनले मैथिली भाषा तथा साहित्यको समृद्धिका लागि राज्यबाट हुनुपर्ने सहयोग गराउनका लागि आफू तत्पर रहेको बताए । यस्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकारले चाँडै भाषा, साहित्य तथा संस्कृतिको विकास एवं संरक्षणका लागि मधेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए । उनले मधेश प्रज्ञा प्रतिष्ठान स्थापना गरी मधेशका विभिन्न भाषाको संरक्षण संवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उद्घाटन कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले मैथिली विकास कोषले प्रदान गर्दै आएको डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७ भाषा वैज्ञानिक डा. रामअवतार यादव र सलहेश सांस्कृतिक पुरस्कार २०७७ डा. आभास लाभलाई प्रदान गरिएको छ । यस्तै डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८ साहित्यकार महेन्द्र मिश्र र सलहेश सांस्कृतिक पुरस्कार २०७८ गायक रामा मण्डललाई प्रदान गरिएको छ । सो पुरस्कारस्वरुप ५१÷५१ हजार रुपैयाँ नगद, सम्मान पत्र तथा दोसल्ला प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण