बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सामान्य

बुधबार, २३ चैत २०७८, २० : ४५
बुधबार, २३ चैत २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था समान्य रहेको छ । कार्यक्रममा लागि भैरहवा गएको बेला बुधबार बिहान अस्वस्थ्य भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको उपचार मेडिसिटी अस्पतालमा चलिरहेको छ । आइसीयुमा राखेर उनको उपचार चलिरहेको छ र स्वास्थ्य अवस्था समान्य रहेको लोसपाका कार्यकारिणी सदस्य उमाकान्त झाले बताए ।

अध्यक्ष ठाकुरको स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको परिणाम हेरेर मात्र ठाकुरलाई डिस्चार्ज गरिने नेता झाले बताए । नवलपरासीबाट भैरहवा आएका अध्यक्ष ठाकुरलाई हिजो राती ज्वरो र झाडा पखाला सुरु भएको थियो । त्यसपछि उनलाई स्थानीय अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि डाक्टरको सल्लाहमा उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप