अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सामान्य
बुधबार, २३ चैत २०७८, २० : ४५
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था समान्य रहेको छ । कार्यक्रममा लागि भैरहवा गएको बेला बुधबार बिहान अस्वस्थ्य भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको उपचार मेडिसिटी अस्पतालमा चलिरहेको छ । आइसीयुमा राखेर उनको उपचार चलिरहेको छ र स्वास्थ्य अवस्था समान्य रहेको लोसपाका कार्यकारिणी सदस्य उमाकान्त झाले बताए ।
अध्यक्ष ठाकुरको स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको परिणाम हेरेर मात्र ठाकुरलाई डिस्चार्ज गरिने नेता झाले बताए । नवलपरासीबाट भैरहवा आएका अध्यक्ष ठाकुरलाई हिजो राती ज्वरो र झाडा पखाला सुरु भएको थियो । त्यसपछि उनलाई स्थानीय अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि डाक्टरको सल्लाहमा उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण