सीवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार कित्ता आईपीओ जारी गर्ने
सीवाइसी नेपाल लघुवित्तले आगामी वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्ने भएको हो ।
कुल जारी सेयर मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई विक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताहरुले वैशाख २ गतेदेखि वैशाख ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । तोकिएको अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १६ गतेसम्म आवेदन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो हैदराबाद
-
विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ
-
न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको हुँ : गृहमन्त्री लामिछाने
-
कांग्रेस महामन्त्री थापाले पत्रकार सम्मेलन गर्दै
-
प्रतिनिधि सभा बैठक स्थगित, सोमबार बिहान ११ बजे बस्ने
-
कांग्रेसले राजनीतिक दमन र दादागिरी देखायो : रवि लामिछाने