सीवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार कित्ता आईपीओ जारी गर्ने
सीवाइसी नेपाल लघुवित्तले आगामी वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्ने भएको हो ।
कुल जारी सेयर मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई विक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताहरुले वैशाख २ गतेदेखि वैशाख ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । तोकिएको अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १६ गतेसम्म आवेदन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण