विद्युत नियमन आयोगका सदस्य गौतम डंगोलद्वारा सपथ ग्रहण
बिहीबार, २४ चैत २०७८, १७ : ३७
विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले सपथ ग्रहण गरेका छन् । नवनियुक्त सदस्य डंगोललाई आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विहिबार कार्यालयमा स्वागत गर्दै सपथ ग्रहण गराएका हुन् ।
आयोगका तत्कालिन सदस्य रामकृष्ण खतिवडाले २०७७ असार १ गते राजिनामा दिएपछि रिक्त पदमा नेपाल सरकारले २०७८ चैत ६ गते डंगोललाई नियुक्त गरेका हो । ललितपुर निवासी सदस्य डंगोलसँग झण्डै २ दशकदेखि बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।
डंगोलको नियुक्तिसँगै आयोगको काममा महत्वपूर्ण योगदान पुग्ने विश्वास आफूले लिएको विचार आयोगका अध्यक्ष सिंहले व्यक्त गरे । सो अवसरमा आयोगका सदस्य भागीरथी ज्ञवाली, सचिव गोकर्ण देव पन्तलगायतले समेत आफ्नो भनाइ राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण