हामीलाई विदेशी शक्तिहरुले अदालत प्रयोग गरेर हराए : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तत्कालिन नेकपामा विदेशी शक्तिहरुले अदालत प्रयोग गरेर आफूहरुलाई हराएको बताएका छन् । पूर्वी चितवनमा आयोजित कार्यकर्ता भेलामा प्रचण्डले आफूलाई केपी ओलीले नभएर उनलाई सञ्चालन गर्ने विदेशी शक्तिले अदालत प्रयोग गरेर हराएको बताए।
‘हामीलाई केपीले पराजित गरेका होइनन। केपीलाई सञ्चालन गर्ने विदेशी शक्तिहरुले यति ठूलो षड्यन्त्र र डिजाइन गरे त्यसमा अदालत प्रयोग गरेर पार्टीलाई दुई ठाउँमा पु¥याए। हामीले हारियौँ’ प्रचण्डले भने,‘यदी अदालत र निर्वाचन आयोगले संविधान,कानुन र विगतको नजिर अनुसार काम गरेको भए । केपीसँग एमाले रहँदैन थियो।’ तत्कालिन नेकपामा ७० प्रतिशत सांसद र केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग गएपनि समयमै फैसला नगर्दा परिस्थिति अर्कै हुने प्रचण्डले बताए।
‘हामी ७० प्रतिशत सांसद जिउँदै छौ भनेर निर्वाचन आयोग गएका थियौ नि तपाईहरुलाई थाहा छ नि प्ले कार्ड लिएर। निर्वाचन आयोगले जसलाई बहुमत छ त्यसैलाई मान्यता दिने नजिर छ। त्यहीँ कानुन, त्यहीँ मूल्य, त्यहीँ हो भन्यो’ प्रचण्डले भने, ‘तर, निर्वाचन आयोगले हुन्छ, हुन्छ भन्दै गर्दै नगर्ने ग¥यो । यदी आयोगले फैसला गरेको भए के हुन्थ्यो नेकपा हाम्रो साथमा हुन्थ्यो। एमाले भन्ने पार्टी रहँदैन थियो। सूर्य चिन्ह नेकपाको हुन्थ्यो। केपी ओली पार्टी विहिन हुन्थे।’ तर, विदेशी प्रतिक्रियावादी शक्तिहरु र देशी प्रतिगामी शक्तिहरूको निक्कै ठूलो डिजाइन अन्तर्गत पार्टी विभाजन गराएको प्रचण्डले बताए, ऋषि कट्टेलले माग्दै नमागेको अदालतले दुई पार्टी बनाइ दिएपछि अहिले यो अवस्थामा आएको प्रचण्डले प्रष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण