सनको ह्याट्रिकमा टोटेनहमको सहज जित
आइतबार, २७ चैत २०७८, ०८ : १०
सन ह्युङ मिनको ह्याट्रिकमा टोटेनहमले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई ४–० गोल अन्तरले हराएको हो । एस्टोन भिल्लाको घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन सनले ह्याट्रिक पूरा गरे ।
खेलको तेस्रो मिनेटमा सनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको टोटेनहमले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । ५० औं मिनेटमा डेजन कुलुसेभासकीले गोल गर्दै टोटेनहमको अग्रत दोब्बर बनाए । ६६ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३–० को अग्रता दिलाए ।
सनले खेलको ७१ औं मिनेटमा सनले ह्याट्रिक पूरा गर्दै टोटेनहमलाई ४–० को जित दिलाए । जितसँगै टोटेनहमले ३१ खेलमा ५७ अंक जेडेर चौथो स्थानमा छ । पराजित एस्टन ३६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण