‘ए मेरो हजुर ४’मा सिन काटेको चर्चापछि दुर्गेशले दिए यस्तो प्रतिक्रिया
आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘ए मेरो हजुर ४’ । फिल्ममा पल प्रकरणमा विवादित गायक दुर्गेश थापाको पनि छोटो भूमिका रहेको छ । निर्माण युनिटले फिल्ममा रहेको दुर्गेशको दृश्य काटेको चर्चा पनि चलेको छ । निर्माता सुनिल कुमार थापाले भने दुर्गेश हट्ने नहट्ने अहिले निर्णय नभएको बताए । ‘दुर्गेशको फिल्ममा सानो भूमिका हो । उनी भएपनि नभएपनि केही फरक पर्दैन’ थापाले भने ।
दृश्य काट्ने बिषयमा आफूले पनि मिडियाबाट हल्ला सुनेको गायक दुर्गेशले बताए । ‘मलाई निर्माण पक्षबाट कुनै जानकारी आएको छैन । यदि मिडियामा आएका कुरा सत्य हुन् भने पनि त्यसमा मेरो कुनै आपत्ति छैन’ दुर्गेशले भने ‘पल प्रकारणमा मेरो केही दोस छैन । मलाई त्यतिकै विवादमा ल्याइएको हो ।’ आखिर सबैले बलेको आगो नै ताप्ने हुन् । मेरो सिन काट्ने नकाट्ने निर्माण युनिटको खुसी हो ।’
फिल्ममा दुर्गेशको मुख्य अभिनेत्री सुहाना थापा पात्रले गायकलाई भेटेको एक दृश्य रहेको छ । उक्त दृश्य हटाउँदा पनि फिल्मलाई केही फरक नपर्ने निर्माण युनिटले जनाएको छ । १ वैशाखबाट प्रदर्शनमा आउने फिल्ममा सुहानाको अलवा अनमोल केसीको मुख्य भुमिका छ । अभिनेत्री झरना थापाको निर्देशन रहेको फिल्म उनकै श्रीमान् सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण