सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ए मेरो हजुर ४’मा सिन काटेको चर्चापछि दुर्गेशले दिए यस्तो प्रतिक्रिया

आइतबार, २७ चैत २०७८, १३ : १७
आइतबार, २७ चैत २०७८

आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘ए मेरो हजुर ४’ । फिल्ममा पल प्रकरणमा विवादित गायक दुर्गेश थापाको पनि छोटो भूमिका रहेको छ । निर्माण युनिटले फिल्ममा रहेको दुर्गेशको दृश्य काटेको चर्चा पनि चलेको छ । निर्माता सुनिल कुमार थापाले भने दुर्गेश हट्ने नहट्ने अहिले निर्णय नभएको बताए । ‘दुर्गेशको फिल्ममा सानो भूमिका हो । उनी भएपनि नभएपनि केही फरक पर्दैन’ थापाले भने ।

दृश्य काट्ने बिषयमा आफूले पनि मिडियाबाट हल्ला सुनेको गायक दुर्गेशले बताए । ‘मलाई निर्माण पक्षबाट कुनै जानकारी आएको छैन । यदि मिडियामा आएका कुरा सत्य हुन् भने पनि त्यसमा मेरो कुनै आपत्ति छैन’ दुर्गेशले भने ‘पल प्रकारणमा मेरो केही दोस छैन । मलाई त्यतिकै विवादमा ल्याइएको हो ।’ आखिर सबैले बलेको आगो नै ताप्ने हुन् । मेरो सिन काट्ने नकाट्ने निर्माण युनिटको खुसी हो ।’

फिल्ममा दुर्गेशको मुख्य अभिनेत्री सुहाना थापा पात्रले गायकलाई भेटेको एक दृश्य रहेको छ । उक्त दृश्य हटाउँदा पनि फिल्मलाई केही फरक नपर्ने निर्माण युनिटले जनाएको छ । १ वैशाखबाट प्रदर्शनमा आउने फिल्ममा सुहानाको अलवा अनमोल केसीको मुख्य भुमिका छ । अभिनेत्री झरना थापाको निर्देशन रहेको फिल्म उनकै श्रीमान् सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप