अर्थतन्त्र धरासायीप्रति व्यवसायी चिन्तित
देशको अर्थतन्त्र धरासायी बन्दै गएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले सुधारका लागि सरकारले बेलैमा सम्बन्धित सबै पक्षसँग छलफल गरेर समाधान खोज्नु पर्नेमा जोड दिएका हुन् ।
तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले आइतबार आयोजना गरेको २०७९ सालको शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा सहभागि उद्योगी व्यवसायीले ओरालो लागेको देशको अर्थतन्त्र सुधारका लागि सरकार तथा दलका नेताहरुले कुनै चासो र चिन्ता ब्यक्त नगरेको बताए ।
संघका सल्लाहाकार पशुपति घिमिरेले मुलुकलाई आत्मनिर्भर बनाउन र आयात प्रतिस्थापन गर्न उत्पादन क्षेत्रमा सामुहिक लगानी गर्नुपर्ने आवश्यक्ता औंल्याए । उद्योगी चन्द्रमान श्रेष्ठले नेपाल सरकारले निर्यात मुलक उद्योग सञ्चालनका लागि स्थापना गरेकोमा उद्योग मैत्री वातावरण नभएका कारण उद्योग सञ्चालन गरिरहेका उद्योगी समस्या रहेको बताए ।
उनले पैसा बुझाउन जाँदा अनावश्यक झन्झट व्यहोर्नुपर्ने र कर्मचारी र दलालहरूलाई पैसा खुवाउनु पर्ने प्रवृत्तिको अन्त्य नभएसम्म मुलुकको आर्थिक अवस्था सुधार गर्न कठिन हुने बताए । संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव)ले एकोहोरो आयातले देशको व्यापार घाटा भयावह अबस्थामा पुगेकाले सरकारले तत्काल आयात नीतिमा परिवर्तन गर्दै आन्तरिक रुपमा उत्पादन हुन सक्ने वस्तु तथा सेवामा उच्च भन्सार दर कायम गरी देशभित्र उत्पादन बढाउन जोड दिनुपर्ने बताए ।
कार्यक्रममा संघका सल्लाहकार नवराज श्रेष्ठ, उपाध्यक्ष हरिलाल पाण्डे, कृष्णप्रसाद शर्मा, महासचिव कमल कँडेल, कोषाध्यक्ष सुरज पगेनी लगायतले मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको र निर्यातको कमजोर आधार र उच्च आयातका कारण व्यापार घाटा फराकिलो हुँदै गएको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण