महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मा। वि चमडालाई ह्वाईट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ ।
विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठन पाठनमा सहजताका लागि ७ थान ह्वाईट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति १००० लिटर क्षमता भएको १ थान पानी ट्याङ्की हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा अजयमेरु गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष शिवराज भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कृष्ण पाल, विद्यालयका प्रधानाध्यापक रन बहादुर ऐर, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय, पत्रकार तथा बैकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : शङ्कर पोखरेल
-
भारतमा मार्च १ देखि जनगणना हुने
-
कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
-
संविधान संशोधनको प्रक्रिया सुरू गर्नुपर्यो : कोइराला
-
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश
-
दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्छ : गगन थापा