बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सडकमा भेटिएको ५० हजार नगद प्रहरीलाई हस्तान्तरण

प्रमाणसहित सम्पर्क गर्न प्रहरीको आग्रह
मङ्गलबार, २९ चैत २०७८, १२ : ५३
मङ्गलबार, २९ चैत २०७८

काठमाडौंको तारकेश्वर नगरपालिका–१ आनन्द टोलस्थित सडकमा भेटिएको पैसा एकजना महिलाले प्रहरीलाई बुझाएकी छिन् । आनन्द टोल स्थित ‘तनहुँ छाप्दी बाराही किराना स्टोर’ अगाडि ४० वर्षीया सम्झना पन्तले चैत २७ मा ५० हजार नगद भेटेकी थिइन् ।

सो नगद सम्बन्धित धनी पत्ता लगाएर हस्तान्तरण गर्नेगरी संझनाले प्रहरीलाई बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले रातोपाटीलाई बताए । पाँच सय दरका १०० थान नोट महानगरीय प्रहरी वृत बालाजुमा राखिएको छ ।

सो रकम आफ्नो भएको प्रमाण सहित बालाजु वृत्तमा सम्पर्क गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंले आग्रह गरेको छ । भेटेको रकम बुझाएकोमा सम्झनालाई परिसर काठमाडौंले धन्यवाद दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप