सडकमा भेटिएको ५० हजार नगद प्रहरीलाई हस्तान्तरण
प्रमाणसहित सम्पर्क गर्न प्रहरीको आग्रह
मङ्गलबार, २९ चैत २०७८, १२ : ५३
काठमाडौंको तारकेश्वर नगरपालिका–१ आनन्द टोलस्थित सडकमा भेटिएको पैसा एकजना महिलाले प्रहरीलाई बुझाएकी छिन् । आनन्द टोल स्थित ‘तनहुँ छाप्दी बाराही किराना स्टोर’ अगाडि ४० वर्षीया सम्झना पन्तले चैत २७ मा ५० हजार नगद भेटेकी थिइन् ।
सो नगद सम्बन्धित धनी पत्ता लगाएर हस्तान्तरण गर्नेगरी संझनाले प्रहरीलाई बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले रातोपाटीलाई बताए । पाँच सय दरका १०० थान नोट महानगरीय प्रहरी वृत बालाजुमा राखिएको छ ।
सो रकम आफ्नो भएको प्रमाण सहित बालाजु वृत्तमा सम्पर्क गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंले आग्रह गरेको छ । भेटेको रकम बुझाएकोमा सम्झनालाई परिसर काठमाडौंले धन्यवाद दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण