बुटवलको मेयरका लागि एमालेबाट ८ जनाको नाम सिफारिस
मङ्गलबार, २९ चैत २०७८, १७ : ५७

बुटवल उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पदमा नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।
एमाले उपमहानगर कमिटीको बैठकले ८ जनाको नाम जिल्लामा सिफारिस गरेको हो । नगर अध्यक्ष किसन ज्ञवालीले ३ जना केन्द्रीय सदस्यसहितको नाम जिल्लामा पठाएको रातोपाटीलाई बताए ।
उनका अनुसार अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराई रहेका छन् । सुवेदी, आचार्य र अर्याल केन्द्रीय सदस्य हुन् । यस्तै उपमेयरमा पनि ५ जनाको नाम सिफारिस गरिएको छ । जसमा खेम लुईँटेल, मधुकला कुवंर, टंक पराजुली, कल्पना थापा र ज्ञानु के सी रहेको नगर अध्यक्ष ज्ञवाली बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री