बुटवलको मेयरका लागि एमालेबाट ८ जनाको नाम सिफारिस
मङ्गलबार, २९ चैत २०७८, १७ : ५७
बुटवल उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पदमा नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।
एमाले उपमहानगर कमिटीको बैठकले ८ जनाको नाम जिल्लामा सिफारिस गरेको हो । नगर अध्यक्ष किसन ज्ञवालीले ३ जना केन्द्रीय सदस्यसहितको नाम जिल्लामा पठाएको रातोपाटीलाई बताए ।
उनका अनुसार अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराई रहेका छन् । सुवेदी, आचार्य र अर्याल केन्द्रीय सदस्य हुन् । यस्तै उपमेयरमा पनि ५ जनाको नाम सिफारिस गरिएको छ । जसमा खेम लुईँटेल, मधुकला कुवंर, टंक पराजुली, कल्पना थापा र ज्ञानु के सी रहेको नगर अध्यक्ष ज्ञवाली बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण