कोभिड महामारीमा खटिएका करारका एक चौथाई स्वास्थ्यकर्मीको मात्रै म्याद थप्न सरकारको निर्देशन
बुधबार, ३० चैत २०७८, १८ : ३४
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थप गर्न मातहतका अस्पतालहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि करारमा नियुक्त भएका २५ प्रतिशत कर्मचारी तथा स्वास्थ्यकर्मीको मात्रै म्याद थप्न सकिने मन्त्रालयले जनाएको छ ।
कोभिड –१९ को संक्रमण दर नेपालमा न्यून रहेकाले करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २५ प्रतिशतलाई मात्रै थप्न सकिने स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । एक चौथाई भन्दा नबढ्ने गरि २०६९ वैशाखदेखि असार मसान्त तीन महिनासम्मका लागि थप्न सकिने सो सूचनामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण