आईपीएल : पहिलो जितको खोजीमा मुम्बई
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । मुम्बई आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ । लिगमा ५ खेल खेलेको मुम्बई जित विहिन हुँदै तालिकाको पुछारमा छ ।
आजको खेलमा पराजित भएमा मुम्बईको सेमिफाइनल सम्भावना कमजोर बन्ने छ । आज नै हुने अर्काे खेलमा दिल्ली क्यापिटल्सले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । अजाको खेलमा दिल्ली तेस्रो जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ । लिगमा ४ खेल खेलेको दिल्ली ४ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । यता लिगमा ५ खेल खेलेको बैंगलोर ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण