पर्सा राष्ट्रिय निकुञ्जमा गौरीगाईको गणना शुरु
पर्सा राष्ट्रिय निकुञ्जमा गौरीगाई गणना शुरु भएको छ । निकुञ्जको वार्षिक कार्यक्रम अन्तर्गत आइतबारदेखि ३ दिनका लागि गौरीगाईको गणना शुरु गरिएको हो । निकुञ्जको सम्पूर्ण भूभागलाई ७ वटा ब्लकमा छुट्याएर १ सय २० जना जनशक्तिलाई एकैसाथ खटाएर गणना शुरु गरिएको निकुञ्जले जनाएको छ । गौरीगाई गणनाका लागि ८ वटा हात्ती परिचालन गरिएको छ । जसमध्ये मध्ये ६ वटा पर्सा निकुञ्जको आफ्नै हो भने २ वटा चितवन राष्ट्रिय निकुञ्जवाट ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले जानकारी दिए ।
गणनाका लागि निकुञ्ज कार्यालय, हात्तीसार, प्रकृति संरक्षण कोष सहित ६० जना परिचालन गरिएको छ भने नेपाली सेनाको तर्फवाट थप ६० जना जनशक्ति परिचालन गरिएको भगतले जनाए । ‘गौरीगाई गणनाकोे मुख्य उद्देश्य यसको संख्या थाहा पाउने नै हो, त्यसका बाबजुद गौरीगाईको बासस्थान क्षेत्र र गस्ती टोली पुग्न नसकेको निकुञ्ज भित्रको भूभागामा अन्य वन्यजन्तु, वनजंगलको अवस्थाबारे थाहा पाउन सकिन्छ भन्ने हो’ भगतले भने ।
गौरीगाई धेरै जाडोमा पनि गणना गर्न नसकिने र धेरै गर्मीमा पनि समस्या हुने भएकोले वैशाखको पहिलो हप्तादेखि गणना शुरु गरिएको निकुञ्जले जनाएको छ । गौरीगाई नेपालका संरक्षित स्तनधारी जनावरहरु मध्ये पर्दछ । पर्सा र चितवन राष्ट्रिय निकुञ्ज यसको मुख्य बासस्थान क्षेत्र हो । ‘पर्सा निकुञ्जको हकमा यो विशेषगरी मकवानपुरसँग जोडिएको चुरेको फेदको भूभागमा बस्न बढी रुचाएको देखिन्छ,’ सहायक संरक्षण अधिकृत भगतले भने, ‘समथर भूभागमा गाडी र चुरेमा हात्तीको सहायताले गणना हुन्छ ।’ गौरीगाई गणना निकुञ्जको वार्षिक कार्यक्रम अन्तर्गत भएपनि जनशक्ति अभावले ३ देखि ४ वर्षको अन्तरालमा गणना हुने गर्दछ । यसअघि २०७३ सालमा भएको गणनामा पर्सा निकुञ्जमा १ सय ५ ओटा गौरीगाई भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण