बाँकेमा सात हतियार मात्रै बुझाइयो
बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएको छ । अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए ।
इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो । स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती हतियार चैत मसान्तभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन सूचना जारी गरिएको थियो ।
कार्यालयले निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने जनाएको थियो । इजाजत प्राप्त हतियार जिल्ला प्रहरी कार्यालय तथा आ–आफ्नो नजिकको प्रहरी इकाइमा सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि फिर्ता दिइनेसमेत जनाइएको थियो । जिल्लामा ५५५ जनाले इजाजत प्राप्त हतियार राख्ने अनुमति पाएका थिए । सहायक प्रजिअ तथा सूचना अधिकारी हरिप्रसाद शर्माले केही दिनभित्रै सो सम्बन्धमा निर्णयमा पुगिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण