फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा प्रवेश
बुधबार, ०७ वैशाख २०७९, १० : ११
फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति ह्यामबर्गर एसभीलाई ३–१ ले हराउँदै पहिलो पटक जर्मन कपको फाइनलमा पुगेको हो ।
फ्रेइबर्गलाई जित दिलाउन निल्स पिटर्सन, निकोलस होफ्लर र भिकान्जो ग्रिफोले एक–एक गोल गरे । उता ह्यामबर्ग एसभीका लागि रोबर्ट ग्लाटजेलले एक गोल फर्काए । फ्रेइबर्गका लागि खेलको ११औँ मिनेटमा निल्स पिटर्सनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
१७औँ मिनेटमा निकोलस होफ्लरले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । भिकान्जो ग्रिफोले ३५औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमको अग्रता ३–० को बनाए । खेलको ८८औँ मिनेटमा रोबर्ट ग्लाटजेलले ह्यायामबर्गरका एक गोल फर्काए । फ्रेइबर्गले अब उपाधिका लागि आरबी लाइपजिग र युनियन बर्लिनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण