केएल राहुल र मार्कस स्टोइनिसका कारबाहीमा
रोयल्स च्यालेन्जर्स बैंगलोरसँग १८ रनले पराजित भएको खेलमा ‘कोड अफ कन्डक्ट’ को उल्लंघन गरेका कारण लखनउ सुपर जायन्टसका कप्तान केएल राहुल र अलराउन्डर मार्कस स्टोइनिसलाई जरिवाना गरिएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२२ क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार बैंगलोरविरुद्धको खेल क्रममा प्रतियोगिता नियमविपरीत गएको दोषी भएपछि दुबैलाई जरिवाना लागेको हो ।
राहुलले ‘कोड अफ कन्डक्ट’को ‘लेवन वान’अन्तर्गतको नियम उल्लंघन गरेको जनाइएको छ । जसका कारण उनलाई २० प्रतिशत ‘म्याच फि’ जरिवाना गरिएको छ । आईपीएलले भनेको छ, ‘लखनउका कप्तान केएल राहुलले बैंगलोरविरुद्ध भएको खेलमा आचारसंहिता उल्लंघन गरेको दोषी पाएका छौं । जसका कारण उनलाई २० प्रतिशत म्याच फि जरिवाना गरिएको छ ।’
दोषी केएल राहुलले समेत आचारसंहिताको लेवन वानको अपराध स्वीकार गरेका छन् । यता, अष्ट्रेलियाका अल राउन्डर मार्कस स्टोइनिसले बैंगलोरविरुद्ध आउट भए पनि अम्पायरविरुद्ध आफ्नो रिस पोखेका थिए । जसका कारण मार्कसले आचारसंहिता लेवन वान उल्लघंन गरेको खुलेको छ । मार्कस स्वयंले समेत यसको स्वीकार गरेका छन् । १५ बल खेल्दै २४ रन बनाएपछि मार्कस १९औं ओभरमा आउट भएका थिए । यसपछि पूरा रिसाएका मार्कस अम्पायरसँग झगडा गरेको देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण