कर्णाली प्रदेशमा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना
बिहीबार, ०८ वैशाख २०७९, १७ : ३९
कर्णाली प्रदेशका जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएका हुन् ।
यस्तै बिहीबार नै केही स्थानीय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरमा जल तथा मौसम विज्ञान कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
चालिसेले भने ,‘मतपत्र वितरण, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षण लगायतको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुन्छ । उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य भने सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना : तत्कालीन प्रशासकीय अधिकृत र ठेकदार दोषी ठहर
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
-
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण