सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्न लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली

आइतबार, ११ वैशाख २०७९, ०६ : ५७
आइतबार, ११ वैशाख २०७९

बायर्न म्युनिखले लगातार दशौँ सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

च्याम्पियन बायर्नले पछिल्लो दश सिजन उपाधि आफ्नो पोल्टोमा पारेको छ । योसँगै बार्यन लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ । बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । घरेलु मैदानमा खेलको १५ औँ मिनेटमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए ।

३४ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । खेलको ५२ औँ मिनेटमा एम्री च्यानले गोल गर्दै डर्टमण्डलाई २–१ को स्थितिमा ल्याए । ८३ औँ मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई ३–१ को जित दिलाए । जितसँगै बायर्नले ३१ खेलबाट ७५ अंक जोड्दै एक तीन खेल अगावै उपाधि जितेको छ । दोस्रो स्थानको डर्टमण्डले ३१ खेलमा ६३ अंक जोडेर दोस्रो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप