बायर्न लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली
बायर्न म्युनिखले लगातार दशौँ सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
च्याम्पियन बायर्नले पछिल्लो दश सिजन उपाधि आफ्नो पोल्टोमा पारेको छ । योसँगै बार्यन लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ । बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । घरेलु मैदानमा खेलको १५ औँ मिनेटमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए ।
३४ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । खेलको ५२ औँ मिनेटमा एम्री च्यानले गोल गर्दै डर्टमण्डलाई २–१ को स्थितिमा ल्याए । ८३ औँ मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई ३–१ को जित दिलाए । जितसँगै बायर्नले ३१ खेलबाट ७५ अंक जोड्दै एक तीन खेल अगावै उपाधि जितेको छ । दोस्रो स्थानको डर्टमण्डले ३१ खेलमा ६३ अंक जोडेर दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण