सल्यानमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा परी यहाँ तीन जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–६ मा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । बागचौर–६ मैढोले हुँदै जामुनेचौर जोड्ने सडक चौडा गर्ने क्रममा रा१क ७१९ नम्बरको स्काभेटर दुर्घटना हुँदा दाङको बबई गाउँपालिका–४ हापुरे घर भएका चालक ३३ वर्षीय देवराज खत्री र सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का १८ वर्षीय चित्रबहादुर विकको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका चालक खत्रीको घटनास्थलमै र सहचालक विकको उपचारका क्रममा सल्यान अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका बागचौर–६ का धनबहादुर वलीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच बिहे भोज खाएर घर फर्किने क्रममा एक शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ५४ वर्षीय शिक्षक शप्तप्रकाश मल्लको बिहे भोज खाएर घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहे भोज खान गएका मल्ल आज बिहानसम्म पनि घर नफर्केपछि खोजी गर्दा मृतावस्थामा परिवारले फेला पारेका थिए ।
मल्ल स्थानीय नव सर्वसाधारण मावि रातामाटामा कार्यरत भएको पारिवारिक स्रोतले जनाएको छ । शव परीक्षणका लागि सल्यान अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
-
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री
-
पहिरोको जोखिमपछि हेटौँडामै रोकिए काठमाडौँ जाने सवारीसाधन
-
ऊर्जामा निजी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण