बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

डेनमार्कमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित

मङ्गलबार, १३ वैशाख २०७९, २० : ३७
मङ्गलबार, १३ वैशाख २०७९

डेनमार्कमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित गरिएको छ । गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरु हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो । 

कोरोना भाइरसको महामारी कम हुदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागू गर्नु नपर्ने ठहर गरेको हो । स्वास्थ्य मन्त्रालयले खोप गराएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको र “अवस्था राम्रो” रहेकाले खोप अभियान स्थगित गरिएको जनाएको छ । 

डेनमार्कका ८१ प्रतिशतले कोरोना भाइरस विरुद्धको दुवै खोप लगाएका छन् । त्यसैगरी ६१.६ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप