जनकपुर उपमहानगरका स्वतन्त्र उम्मेदवार साहले लिएनन् उम्मेदवारी फिर्ता
शुक्रबार, १६ वैशाख २०७९, १७ : ४५

जनकपुर उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले आफ्नो उम्मेदवारी कायमै राखेका छन् । नेपाली काँग्रेसको नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका साहले आफ्नो उम्मेदवारी कायमै राखेका हुन् ।
निर्वाचन आयोगले शुक्रबार साँझ ५ बजेसम्म दिएको नाम फिर्ता गर्ने समयमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् । जनकपुर उपमहानगर पालिका पाँच दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी (जसपा)ले प्रमुखमा उम्मेदवारी दिएको थियो । जसपालाई प्रमुख दिएपछि साहले बागी उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारी फिर्ता गर्न मधेस प्रदेशका शीर्ष नेताहरुले गरेको प्रयास असफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन