जनकपुर उपमहानगरका स्वतन्त्र उम्मेदवार साहले लिएनन् उम्मेदवारी फिर्ता
शुक्रबार, १६ वैशाख २०७९, १७ : ४५
जनकपुर उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले आफ्नो उम्मेदवारी कायमै राखेका छन् । नेपाली काँग्रेसको नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका साहले आफ्नो उम्मेदवारी कायमै राखेका हुन् ।
निर्वाचन आयोगले शुक्रबार साँझ ५ बजेसम्म दिएको नाम फिर्ता गर्ने समयमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् । जनकपुर उपमहानगर पालिका पाँच दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी (जसपा)ले प्रमुखमा उम्मेदवारी दिएको थियो । जसपालाई प्रमुख दिएपछि साहले बागी उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारी फिर्ता गर्न मधेस प्रदेशका शीर्ष नेताहरुले गरेको प्रयास असफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण