प्रदेश १ मा कहाँ–कहाँ दोहोरिए पुरानै अनुहार ?
‘विराटनगरको प्रमुखको उम्मेदवार फेरि पनि मै हो,’ विराटनगरका निवर्तमान प्रमुख भीम पराजुलीले पटकपटक भन्थे, ‘म बाहेक यहाँ कसैले जित्दैन पनि ।’ पराजुली मात्रै होइन विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की पनि आफू प्रमुख पदमा उठ्ने दाबी गर्थिन् । तर, उनीहरू दुवैजना यस पटक उम्मेदवारको रिङबाट आउट भए ।
‘यस पटक मलाई पार्टीभित्रबाटै घेराबन्दी गरे,’ तपाईं किन उम्मेदवार बन्नुभएन भन्ने प्रश्नमा एमालेबाट निर्वाचित मोरङ कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले भने, ‘बुढो भइस् भने, हिँड्न सक्दैन, सक्रियता छैन के छैन भने घेराबन्दी गरे ।’ उनको स्थानमा एमालेले यस पटक यसअघिकी उपाध्यक्ष राजमती इङ्नामलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
उनीहरू मात्रै होइन मोरङको १७ पालिकाका सबैजसो पालिका प्रमुख, उपप्रमुखहरूले आफू नै फेरि उम्मेदवार बन्ने बताउँथे । तर, टिकट वितरणमा सबैले त्यो अवसर पाएनन् । मिक्लाजुङ अध्यक्षमा एमालेले देवी प्रसाद आचार्यलाई पुनः उम्मेदवार बनाएको छ । यस्तै उर्लाबारीमा काँग्रेसले खड्ग फागो, सुन्दरहरैंचामा काँग्रेसबाट शिव ढकाल, काँग्रेसबाट केराबारीमा रोहितबहादुर कार्कीले पनि दोहोरिने अवसर पाए ।
मोरङमा मात्रै होइन प्रदेश १ का १४ जिल्लाका अधिकांश पालिकामा नयाँ अनुहार उम्मेदवारको रूपमा अगाडि आए पनि पुराना अनुहारको पनि सङ्ख्या कम छैन । झापा गौरादहका प्रमुख रोहित साह, झापाकै कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख मञ्जु दाहाल प्रसाई फेरि दोहोरिएका छन् । मेचीनगरकी उपप्रमुख मिना उप्रेतीलाई एमालेले फेरि सोही पदको उम्मेदवार बनाएको छ । राप्रपाले पनि झापाको कचनकवल र हल्दिबारी गाउँपालिकामा पुरानै अनुहारलाई दोहोर्याएको छ ।
उम्मेदवार दोहोर्‍याउनेमा सबै पार्टी उत्तिकै छन् । इलामको इलामको सूर्योदय नगरमा नेकपा (एकीकृत समाजवादी)ले रणबहादुर राईलाई नै दोहोर्याएको छ । इलामकै देउमाई नगरमा एमालेले हालकै मेयर र उपमेयरलाई पूर्ववत पदमा दोहोर्याएर उम्मेदवारी दिएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिमा माओवादी केन्द्रले अध्यक्ष अमर माखिमलाई नै अगाडि सारेको छ ।
धनकुटाका ६ जना प्रमुख तथा अध्यक्षहरू एमालेबाट पुनः उम्मेदवार बनेका छन् । भोजपुरका स्थानीय तहका अधिकांश प्रमुख उपप्रमुख दोहोरिएका छन् । सङ्खुवासभामा पनि कतिपय उम्मेदवार दोहोरिएका छन् । सङ्खुवासभाको पाँचखपन नगरमा मेयर दिपिन राई र चिचिला गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पालाई काँग्रेसले दोहोर्याएको छ । एमालेले सभापोखरीका अध्यक्ष रत्नबहादुर सुब्बा र मकालु गाउँपालिका उपाध्यक्ष चमेलीलाई पुनः सोही पदमा अघि सारेको छ ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरमा काँग्रेसले नाम्गेल जाङ्बु शेर्पालाई मेयरमा दोहोर्‍याउँदा माओवादीले लिखु पिके गाउँपालिकामा अध्यक्ष डम्बरबहादुर बस्नेत र उपाध्यक्ष प्रमीला बस्नेतलाई फेरि दोहोर्याएर उम्मेदवार बनाएको छ ।
ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा माओवादीबाट पुनः उम्मेदवार बन्दा एमालेले उपाध्यक्ष सुस्मिका राईलाई पुनः अघि सारेको छ । उदयपुरको त्रियुगामा बलदेव चौधरी दोहोरिएर मेयरको उम्मेदवार बनेका छन् । अघिल्लो चुनावमा एमालेबाट चुनाव जितेका उनी अहिले एकीकृत समाजवादीको प्रदेश १ अध्यक्ष छन् ।
सुनसरीको दुहबी नगरसहितका चार स्थानीय तहमा काँग्रेसले प्रमुखहरू दोहोर्याएको छ । २०७४ को निर्वाचनमा माओवादीबाट रङ्गेली नगरको मेयरमा निर्वाचित दिलीप बगडिया यसपटक एमालेबाट पुनः मेयरको उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण