गोहीका ५१९ अण्डा सङ्कलन
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीबाट घडियालका ५१९ वटा अण्डा सङ्कलन गरिएको छ । ती नदी किनारमा भेटिएका १६ वटा गुडबाट अण्डा सङ्कलन गरिएको हो ।
निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो । ती दुई नदीमा भेटिएकामध्ये आठ वटा गुडका अण्डा ल्याइएको छैन । ती दुई नदीबाट गत वर्ष ४३६ वटा अण्डा ल्याइएको थियो । ती अण्डाबाट २५८ वटा बच्चा कोरलिएका थिए ।
विगत दुई वर्षदेखि प्रजनन् केन्द्रमा पारेका अण्डाबाट बच्चा कोरलिएका छैनन् । त्यहाँ २०३५, २०३६ र २०३७ सालका एक भाले र १२ वटा पोथी गोही छन् । त्यसयताका साना ठूला गरी ५३१ गोही रहेको पौडेलले जानकारी दिए ।
प्रजनन् केन्द्रमा भाले बुढो भएका कारण बच्चा नकोरलिएको हुनसक्ने अनुमान छ । प्रजनन् केन्द्रमा रहेका अन्य गोही साना भएकाले भाले पोथी पहिचान हुन सकेका छैनन् । पौडेलका अनुसार राप्ती र नारायणी नदीमा भने पाँच वटा भाले गोही देखिएका छन् । नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबइबाट एउटा भाले ल्याइएको थियो । राप्ती र नारायणी नदीमा अण्डा सङ्कलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ ।
हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एकहजार ६९२ गोही छाडिसकिएको छ । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन् केन्द्र स्थापना गरी प्रजनन् केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण