आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामको गृहनगर पालुङटारमा एमाले र जसपाबीच तालमेल

मङ्गलबार, २७ वैशाख २०७९, १५ : ४४
मङ्गलबार, २७ वैशाख २०७९

गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको छ । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृह नगरमा सत्ता गठबन्धन सम्बद्ध जसपाले एमालेसँग तालमेल गरेको हो । नेपाली काँग्रेससँग गरिएको तालमेल भाँडिएपछि जसपाले एमालेको साथ लिएको छ । 

पाँच दलीय गठबन्धन दल बाहिर गएर तालमेल नगर्न नमिल्ने गठबन्धनको केन्द्रीय नीति विपरीत पालुङटारमा एमाले र जसपाबीच तालमेल भएको छ । गठबन्धनका शीर्ष नेता भट्टराईको समन्वयमा मंगलबार दिउँसो एमाले र जसपाको जिल्ला नेतृत्वले तालमेलको निर्णय लिएको छ । उक्त तालमेल अनुसार एमालेले मेयरमा जसपालाई र जसपाले उपमेयरमा एमाले सहयोग गर्ने निर्णय भएको जसपा गोरखाका अध्यक्ष यानप्रसाद भट्टले रातोपाटीलाई जानकारी दिए । ​

याे पनि

​एमालेका मेयरका उम्मेदवार हरि भट्टले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्  भने जसपाको उपमेयरका उम्मेदवारको उम्मेदवारी वैशाख १६ गते नै फिर्ता भएको थियो । भट्टका अनुसार पालुङटारका १० वटा वडा मध्ये पाँच वडामा एमाले र जसपाबीच तालमेल भएको छ । ६, ७ र १० नम्बर वडामा जसपाले एमालेलाई सहयोग गर्ने छ भने ४ र ५ नम्बर वडामा एमालेले जसपालाई समर्थन गरेको छ । बाँकी वडामा पनि मिलाएर जाने जसपा अध्यक्ष भट्टको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप