बाबुरामको गृहनगर पालुङटारमा एमाले र जसपाबीच तालमेल
गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको छ । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृह नगरमा सत्ता गठबन्धन सम्बद्ध जसपाले एमालेसँग तालमेल गरेको हो । नेपाली काँग्रेससँग गरिएको तालमेल भाँडिएपछि जसपाले एमालेको साथ लिएको छ ।
पाँच दलीय गठबन्धन दल बाहिर गएर तालमेल नगर्न नमिल्ने गठबन्धनको केन्द्रीय नीति विपरीत पालुङटारमा एमाले र जसपाबीच तालमेल भएको छ । गठबन्धनका शीर्ष नेता भट्टराईको समन्वयमा मंगलबार दिउँसो एमाले र जसपाको जिल्ला नेतृत्वले तालमेलको निर्णय लिएको छ । उक्त तालमेल अनुसार एमालेले मेयरमा जसपालाई र जसपाले उपमेयरमा एमाले सहयोग गर्ने निर्णय भएको जसपा गोरखाका अध्यक्ष यानप्रसाद भट्टले रातोपाटीलाई जानकारी दिए ।
याे पनि
एमालेका मेयरका उम्मेदवार हरि भट्टले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् भने जसपाको उपमेयरका उम्मेदवारको उम्मेदवारी वैशाख १६ गते नै फिर्ता भएको थियो । भट्टका अनुसार पालुङटारका १० वटा वडा मध्ये पाँच वडामा एमाले र जसपाबीच तालमेल भएको छ । ६, ७ र १० नम्बर वडामा जसपाले एमालेलाई सहयोग गर्ने छ भने ४ र ५ नम्बर वडामा एमालेले जसपालाई समर्थन गरेको छ । बाँकी वडामा पनि मिलाएर जाने जसपा अध्यक्ष भट्टको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
