श्रीलङ्कामा लगाइएको कर्फ्यू गरियो थप
श्रीलङ्कामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्का सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ । सरकारका विरुद्धमा भएको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सरकारले देशव्यापी रूपमा सोमबार रातिदेखि मंगलबारसम्मका लागि लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलङ्काका सरकारी अधिकारीले बताएका छन् ।
श्रीलङ्कामा आक्रोशित भिडले महिन्दा राजपक्षको तथा उनलाई समर्थन गर्ने कैयौँ सांसदहरूका घरमा आगो लगाइदिएपछि अहिले त्यहाँ कर्फ्यू जारी गरिएको छ । सरकार समर्थकहरूबाट आक्रमण भएको भन्दै आक्रोशित भिडले राजपक्षसँग निकट सम्बन्ध भएका व्यक्ति तथा नेताहरूका सम्पत्तिमाथि आक्रमण गरेका थिए। श्रीलङ्का आर्थिक सङ्कट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै प्रदर्शन चर्किएपछि सोमवार राष्ट्रपति गोटाबय राजपक्षका दाइ तथा पूर्वराष्ट्रपति महिन्दा राजपक्षले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।
तर उनको राजीनामापछि पनि प्रदर्शनकारीहरू संयमित भएका छैनन्। राजपक्ष आफ्नो निवासभित्रै रहेका बेला प्रदर्शनकारीहरू उनको निवासमा प्रवेश गर्ने प्रयास गरेका थिए। सोमबारयता श्रीलङ्कामा चर्किएको प्रदर्शनमा सात जनाको मृत्यु भइसकेको छ भने १९० जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण