नाइजेरियामा कुटपिट गरी छात्राको हत्या
एउटा क्रुर घटनामा नाइजेरियामा एक छात्रालाई कुटपिट गरी हत्या गरेर जलाइएको छ । व्हाट्सएपमा निन्दनीय भनाई पोस्ट गरेको आरोपमा साथीहरूले छात्रालाई कुटपिट गरी आगो लगाइदिएका पुलिस र साक्षीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
नाइजेरियाको उत्तरपश्चिमी राज्य सोकोटोमा उक्त पाशविक घटना भएको हो । विद्यार्थीको मृत्युपछि तत्काल विद्यालय बन्द गरिएको थियो । उक्त घटनामा दुई संदिग्ध पक्राउ परेका छन् । मारिने व्यक्ति डेबोरा सामुएल भएको सोकोटो राज्य कमान्डका प्रवक्ताले बताए ।
‘विद्यार्थीहरूले प्रयोग गरिरहेको एउटा व्हाट्सएप समूह छ । त्यहाँ उनको मुस्लिम सहकर्मी विद्यार्थीले इस्लामिक विषय पोस्ट गरेका थिए । सो पोस्टको उनले आलोचना गरिन् । उनले एक अडियो पोस्ट गरिन, जसमा इस्लामका धर्मगुरु पैगम्बरप्रति निन्दापूर्ण टिप्पणीहरू छन्’, एक साक्षीको भनाइ उदृत गर्दै रोयटर्सले जनाएको छ । विद्यालय सुरक्षा र प्रहरीले पीडितलाई बचाउने प्रयास गरे पनि नसकिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण