०७४ मा सर्लाहीका चार पालिकामा प्रमुख र उपप्रमुख जितेको एमाले अहिले एउटा पालिकामा सीमित
२०७४ सालको स्थानीय तह निर्वाचनमा सर्लाहीका २० स्थानीय तहमध्ये चार पालिकाको प्रमुख र उपप्रमुख जितेको नेकपा एमाले अहिले एउटा पालिकामा खुम्चिएको छ । नेकपा एमालेले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सर्लाहीका २० पालिकामध्ये बहरथवा नगरपालिकामा मात्र जित हासिल गरेको हो ।
२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ईश्वरपुर नगरपालिका, लालबन्दी नगरपालिका, हरिवन नगरपालिका र हरिपुर नगरपालिकाको प्रमुख र उपप्रमुख गरी दुवै पद जितेको थियो । ती सबै पालिका यसपटक एमालेले गुमाएको छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्रले जितेको बरहथवा नगरपालिकामा भने यस पटक एमालेले जित हासिल गरेको छ । एमालेले सर्लाही जिल्लामा जितेको यो एकमात्र पालिका हो ।
बरहथवा नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी कल्पना कुमारी कटुवाल १२ हजार २७३ मतसहित निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका देवानन्द महतोले ६ हजार ६६६ मतमात्र पाए । उपप्रमुखमा पनि एमालेकै रामबाबु प्रसाद साह ९ हजार ९०१ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गंगा दाहालको मत भने ७ हजार ११९ मै सीमित रह्यो ।
सर्लाहीमा नेपाली काँग्रेसले सर्वाधिक पालिकाको नेतृत्व पाएको छ । काँग्रेसले ६ वटा नगरपालिकाको प्रमुख र ६ वटा गाउँपालिकाको अध्यक्ष पद जितेको छ । यस्तै, माओवादी केन्द्रले तीन नगरपालिकाको प्रमुख र एउटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।
जनता समाजवादी पार्टी नेपालले दुई गाउँपालिका अध्यक्ष र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एउटा नगरपालिकाको प्रमुख पद जितेको छ ।
काँग्रेसले ईश्वरपुर नगरपालिका, मलंगवा नगरपालिका, लालबन्दी नगरपालिका, कविलासी नगरपालिका, हरिपुर नगरपालिका र हरिपुर्वा नगरपालिकाको प्रमुख जितेको छ । यस्तै, चन्द्रनगर गाउँपालिका, कौडेना गाउँपालिका, धनकौल गाउँपालिका, पर्सा गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका र विष्णु गाउँपालिकाको अध्यक्ष पनि काँग्रेसले जितेको छ ।
नेकपा माओवादी केन्द्रले बागमती नगरपालिका, हरिवन नगरपालिका र बलरा नगरपालिकाको प्रमुख जितेको छ । माओवादी केन्द्रले रामनगर गाउँपालिकाको अध्यक्षमा पनि जित हासिल गरेको छ ।
जसपा नेपालले चक्रघट्टा गाउँपालिका र बसबरिया गाउँपालिकाको अध्यक्ष जित्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले गोडैटा नगरपालिकाको प्रमुख जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण