हारबाट जोगियो नेपाल
एएफसी एसियन कप २०२३ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली शनिबार राति पहिलो मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यु–२३ टोलीसँग २-२ को बराबरीमा रोकिएको छ । नेपाली टोली कुवेतमा हुने छनोट प्रतियोगिताअघि अभ्यासका लागि कतार पुगेको थियो । कतारको दोहास्थित ग्रान्ड हमाद रंगशालामा २-० ले पछि परेको स्थितीमा पुनरागमन गर्दै नेपाल हारको संकटबाट जोगिएको हो ।
पहिलो हाफको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल २-० ले पछि परेको थियो । ४४औं मिनेटमा अग्रता लिएको टिमोर लिस्टेले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अग्रता दोब्बर पार्यो । ५१ र ८४ औं मिनेटमा गोल गर्दै नेपाल खेलमा फर्किएको थियो ।
कुवेतमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई बाहिर राख्दै टोली घोषणा गरेका थिए । उनले स्ट्राइकर नवयुग श्रेष्ठलाई कप्तानीको जिम्मेवारी दिएका थिए ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहँदा सेवा सुविधाको माग राख्दा प्रशिक्षक अल्मुताइरीले अपमानजनक व्यवहार गरेको भन्दै अञ्जन विष्ट, विमलघर्ती मगर, सुजल श्रेष्ठलगायत १० खेलाडीले बन्द प्रशिक्षण छोडेका थिए ।
नेपालले बुधबार दोस्रो मैत्रीपूर्ण खेलमा ओमानको सामना गर्नेछ । नेपाल कतारबाटै कुवेत प्रस्थान गर्नेछ । समूह ‘ए’ मा रहेको नेपालले ८ जुनमा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ । प्रत्येक समूहको विजेताका साथै उपविजेता मध्येको उत्कृष्ट पाँच टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि छनोट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान विधेयकमा अन्तर्राष्ट्रिय सहकार्यको दायरा स्पष्ट पार्न सुझाव
-
गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना : तत्कालीन प्रशासकीय अधिकृत र ठेकदार दोषी ठहर
-
कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण