‘गणतन्त्रको विकल्प राजतन्त्र होइन’
गणतन्त्रको विकल्प जनताले २४० वर्षसम्म भोगेको निरंकुश राजतन्त्र नहुने प्रा.डा. लोकराज बराल बताएका छन् । उनले विकल्प भनेको अझ सुदृढ गणतन्त्र रहेको जिकिर गरे ।
‘गणतन्त्र विश्वकै सबैभन्दा उत्कृष्ट मध्येका एक शासन व्यवस्था हो । यसको कार्यान्वयनमा केही कमीकमजोरी सत्ता सञ्चालकहरूबाट भए सुधार्दै लानुपर्छ । तर, यसको विकल्प जनतालाई झण्डै अढाइ शताब्दी भोगेको निरंकुश राजतन्त्र हुन सक्दैन’, बरालले भने । उनले सरकारले वार्षिक नीति तथा कार्यक्रममार्फत गणतान्त्रिक प्रणालीलाई मजबुत बनाउनेगरीका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
तर, गणतन्त्रको विकल्प राजतन्त्र भन्दै आएको दल राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ भने कुशासन र भ्रष्टाचार गणतन्त्रमा पनि व्याप्त भएका कारण गणतन्त्रको औचित्य समाप्त भएको दाबी गर्छन् । गणतन्त्र १५ जेठ २०६५ मा स्थापना भएको हो । गणतन्त्र स्थापना भएको डेढ दशक हुँदा पनि राजतन्त्रको स्वर अझै सुनिँदै आएको छ ।
राजतन्त्र र त्यससँग जोडिएका संरचनाको अवशेष भने छैन । संस्थागत रूपमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजतन्त्रको पक्षमा वकालत गर्ने मध्येको ठूलो दल हो । संसद्मा एक सिट रहेको दलको राजनीतिक कार्यदिशा नै राजतन्त्र र हिन्दू राज्यको पुनर्स्थापना छ । – न्यूज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण